काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलमा लगातार दोस्रो जित निकाल्दै स्पेन नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको समूह सी अन्तर्गतको खेलमा स्पेनले डोमिनिक रिपब्लिकलाई ३-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।