काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एमालेका अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
शुक्रवार दिउसो सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको हो । एकीकृत समाजवादीका अध्यक्षले प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवा लगायतका नेताहरुसँग छलफल गरेपछि उनीहरुबीच भेटवार्ता भएको जनाइएको छ ।
समसामयिक राजनीतिक परिस्थिति लगायतका विषयमा उक्त भेटवार्ता भएको केपी ओलीले सञ्चारकर्मीसँगको कुराकानीमा बताए । स्मरण रहोस,अहिलेको सत्तागठबन्धनसँग नेपाल उत्ति धेरै सन्तुष्ट नभएको भन्ने चर्चा चलिरहँदा यी तीन नेताहरुको भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।