
काठमाडौं।भारतको मध्य प्रदेशस्थित खण्डवा जिल्लामा दुर्गा विसर्जनका क्रममा दुर्घटना भएको छ।
बिहीबार साँझ ट्र्याक्टरको ट्रली पोखरीमा खसेर कम्तीमा ११ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।
‘तालाबमा ट्र्याक्टरको ट्रली पल्टिँदा हालसम्म करिब ११ जनाको मृत्यु भएको छ। गम्भीर घाइते तीन जनालाई उपचारका लागि रेफर गरिएको छ।’
जिल्लाका प्रमुख चिकित्सा अधिकारी ओपी जुगतापले सञ्चारकर्मीहरुलाई प्रारम्भिक जानकारी दिएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।



