
काठमाडौ सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मारिएकाहरुको सम्झनामा शोकका लागि साउन १० गते बिहीवार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।
यसैगरी मन्त्रीपरिषदको आज बसेको बैठकले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जहाज आयोग गठन गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। उनका अनुसार सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजक रहने गरी सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दीपुराज ज्वारचन, डा.सुदीप भट्टराई, सञ्जय अधिकारी, मुकेश डंगोल रहेका छन्।







