
काठमाडौं । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पुनः ‘पसिना’ आएको छ । भीमसेनको मूर्तिमा आज बुधबार दिउँसो साढे दुई घण्टा पसिना आएको हो ।
पुजारी का अनुसार आज दिउँसो १२ बजेर ४५ मिनेट जाँदादेखि दिउँसो ३ बजेर १३ मिनेट जाँदासम्म शिलामा पसिना आएको हो ।
‘पसिना’ पछि अनिष्ट हुने भन्दै मन्दिरमा सबै प्रकारका बाजागाजासहित पूजाआराधना गरिएको छ । यसअघि शनिबारसमेत शिलामा पसिना आएको थियो । भीमसेनको शिलामा ‘पसिना’ आएपछि मुलुक र जनतामा अनिष्ट हुने भएकोले शिलामा पसिना आउनुलाई राम्रो मानिदैन ।






