देवघाट/साउने सक्रान्तिमा हरेक वर्ष भक्तजनको घुइँचो लाग्ने देवघाटधाम आज सुनसान देखिएको छ।
संक्रान्तिका दिन बिहानैदेखि भक्तजन आएर यहाँ स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन छ। दर्शनको लागि यहाँ आएका भक्तजनलाई देवघाट क्षेत्र विकास समितिले सहजीकरण गर्दै आएको छ । तर यस पटक भने नारायणी नदीमा आएको बाढी र केही दिनअघि सिमलतालमा भएको बस दुर्घटनाका कारण आज साउने संक्रान्तिका दिन देवघाटमा भक्तजनहरुको उपस्थिती न्यून भएको देखिएको छ ।
संक्रान्तिका दिन बिहानैदेखि भक्तजन आएर यहाँ स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने जस्ता धार्मिक अनुष्ठान गरि मनाउँदै आएकोमा यस पटक भिडभाड देखिएन प्रायःसुनसान नै देखियो । गोर्खा बोर्लागका देवघाटमा किराना पसल गर्ने जगदिश थापाले बताए ।
भर्खरै त्यति ठूला दुर्घटना भए अनि कहाँ आउथें परपरबाट यात्रु ?हामी पनि नजिक भएर आएका हौं पवित्र देवघाटमा । सरिता तिमल्सिनाले भनिन् ।
देवघाटमा साउनमहिनाभर भक्तजनहरुको भीड लाग्ने गर्छ । विशेषत साउनका हरेक सोमबार भक्तजनहरु बेसी नै आउने यो ठाउँ संक्रान्तिको दिन भने सुनसान देखियो ।