मुगु । गत दुईदिनमा यार्सागुम्ब संकलन गर्न गएका जिल्लाका चारजनाको मृत्यू भएको हो । लेक लागेर सिकिस्तै भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल त्याउने क्रममा शनिवार मृत्यू भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
यसैगरी शनिबार मुगु स्थास्थ्यचौकीमा उपचार हुन नसकेपछि सदरमुकाम गमगढीतर्फ ल्याउँदा छायानाथ रारा नगरपालिका १० का दुईजना सिकिस्त भएका विमारी जीवन बेढा र देवराज बुढाको बाटोमै मृत्यू भएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जनाएका छन् । यसैगरी सोही नगरपालिका १२ का मानबहादुर बुढा र शोभान बुढा समेतको मृत्यू भएको छ ।
गत सालपनि यार्सा टिप्ने क्रममा पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एकजनाको लडेर मृत्यू भएको थियो ।