काठमाडौ। चर्चित फुटबलर एम्बाप्पे फ्री ट्रान्सफरमा रियल म्याड्रिडमा अनुबन्धित भएका छन्। ।
एम्बाप्पेले रियल म्याड्रिडमा पिएसजीमा भन्दा १० मिलियन युरो कम पारिश्रमिक पाउने सम्झौता गरेका छन् ।५ मिलियन युरो बार्षिक पारिश्रमिक थियो भने रियल म्याड्रिडले १५ मिलियन युरो दिने बताइएको छ । यसपछि पनि एम्बाप्पे रियल म्याड्रिडमा सबैभन्दा बढी पारिश्रमिक भएको खेलाडी बन्ने छन् ।
रियल म्याड्रिडले आजै एम्बाप्पेलाई आफ्नो स्टेडियममा फ्यानहरु समक्ष प्रस्तुत गरेको छ ।रियल म्याड्रिडको एम्बाप्पेलाई पछिल्लो सात बर्षदेखी भित्र्याउने प्रयास मंगलबार सफल भएको छ । ।
पिएसजीमा रहदा उनले ६ सिजन फ्रेन्च लिग जितेका छन् भने चार सिजन फ्रेन्च कोपा डे जितेका एम्बाप्पे २०१८ देखि पिएसजीको खेलाडी बनेका थिए ।पिएसजीका लागि उनले ३०८ खेलमा २५६ गोल गरेका छन् ।