संखुवासभा । मनसुनी बर्षाले गर्दा आएको बाढीपहिरोको कारण ४३ घर विस्थापित भएका छन् ।
सोही कारणले २० वटा गोठ समेत भत्किएको जनाइएको छ । दुई जनाको मृत्यू भएको र ६ जना घाइते समेत भएकाछन् ।
आफन्तकहाँ विस्थापितहरु शरण लिएर बसिरहनुपरेको तितो यथार्थ छ । ग्रामिण सडकहरु पनि खण्डहर भएका छन् । किसानको अन्नवालीमा पनि ठूलो क्षति पुगेको प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले जानकारी दिएका छन् । यसैबिच जिल्ला स्थित सबै सुरक्षा निकायलाई खोज तथा उद्धारमा लाग्न तयारी अबस्थाामा राखिएको पनि उनले बताए ।