काठमाडौँ उपत्यकाको चारै सुरमा योगिनीहरूको स्थापना गरिएको छ। यी चारै योगिनी हिन्दु-बौद्ध दुवै सम्प्रदायका लागि आराध्य शक्तिस्वरूपा देवी भगवतीका रूप हुन्। साँखुमा रहेकी बज्रयोगिनी सबैभन्दा पुरानो र अन्य तीन योगिनीका दिदी हुन् भनेर भनिन्छ। बाँकी तीन योगिनीमा गुह्येश्वरी, फर्पिङ र बिजेश्वरीस्थित बज्रयोगिनी हुन्। प्रत्येकको आफ्नै इतिहास रहेको छ ।योगिनी भनेको तन्त्रसाधना र योगसाधनामा निपुणलाई पनि योगिनी भनिन्छ।योगिनीलाई बज्रयोगिनी पनि भन्ने गरेको पाइन्छ ।यस किसिमको योग कसैले कसैगरी पनि तोड्न नसक्ने भएकोले बज्रसमान मानिन्छ । यसै सन्दर्भमा यी देवीलाई बज्रयोगिनी पनि भन्ने गरिएको हो । वज्रयोगिनी एक स्वभाविक, शुद्ध प्राकृतिक अवस्था हो । कमलको फूल जस्तै । त्यहाँ कुनै कृत्रिमता हुन्न ।
प्राचीन काठमाडौबाट दक्षिणी भेगमा अवस्थित फर्पिङ (फंपि) , एक प्राचीन बस्ती मानिन्छ। लिच्छविकालमा नै शिखरापुर, शिखपुरीग्रामको नामले प्रसिद्ध भइसकेको यस बस्तीमा उल्लेख्य रुपमा प्राचीन धरोहरहरु रहेका छन्। सोही मध्ये एक अति नै महत्वपूर्ण रुपमा रहेको धरोहर श्री बज्रयोगिनीको मन्दिर पनि हो। बज्रयान बौद्ध धर्मका महासिद्ध मैत्रेयपा र नरोपाका शिष्यहरुले यस मन्दिरको स्थापना गरिएको किंवदन्ती रहेको पाइन्छ। काठमाण्डौं दहलाई आफ्नो तरबारले डाँडा काटी पानी बगाएर बस्न योग्य बनाउने मन्जुश्रीले पनि बज्रयोगिनीबाट आशिर्वाद लिएका थिए भन्ने मान्यता रहेको छ ।
अर्को किंवदन्ती अनुसार एकपटक फर्पिङ (फंपि) मा रहनुभएका शेषनागलाई श्री रातो मछिन्द्रनाथ लिन जाँदा बन्धुदत्तले जुक्ती लगाएर शेषनागलाई कलशमा राखेर ल्याउँदा फर्पिङको बासिन्दाले थाहा पाएनछन् । शेषनागले सबैलाई सुचित गर्न आफ्नो शक्तीद्वारा भयंकर वर्षा गराउँदा पनि कोहि नआएपछी रिसले असिनापानी बर्साइदिएछन् र फर्पिङका बासिन्दा गरिब नहोस् तर राजा जस्तो उच्च धनी पनि नहोस् भनी श्राप दिएछन्। सोही असिना पानी नरोकिएपछी फंपी बासीहरु चिन्तित भइ तान्त्रिक गुरुकहाँ गएछन् र सोही अनुसार श्री बज्रयोगिनीको आराधना गरेको मानिन्छ। अहिले पनि फंपिमा ठूलो हावाहुरी सहित असिनापानी धेरै बर्सियो भने बज्रयोगिनी मन्दिरमा गइ गुरुजुले घन्टी बजाएर आराधना गरेमा रोकिने जनविश्वास रहेको पाइन्छ।
फर्पिङ्गलाई भोटभाषामा याङ्गलेशो भनिन्छ । यहाँ भोट बौद्ध गुरु पद्मसंभवले महामुद्राको बोध प्राप्त गरेका थिए । फर्पिङ्गमा असुर गुफा र याङ्गलेशो गुफा गरी दुई प्रमुख गुफाहरू छन् । असुर गुफामा जाने सिडीमा एक पुरानो र निकै महत्वपूर्ण वज्रयोगिनी मन्दिर हो ।
१७ औं शताब्दीको नेवारी भवनमा राखिएको यो वज्रयोगिनी तन्त्र परम्परा गुरुहरूसँग सम्बन्धित मानिन्छ । वज्रयोगिनीको मूर्ति रातो रंगको छ, दाहिने खुट्टा जमिनमा र बायाँ खुट्टा सोझै आकाशतर्फ उठाइएको छ, जुन उनको बायाँ हातले तानेको जस्तो देखिन्छ । बज्रयोगिनीलाई फाम्थिङ्ग योगिनी, उद्धपाद योगिनी, इन्द्र योगिनी, वा नील तारा भनेर पनि चिनिन्छ ।फंपीमा हरेक वर्ष गुंलागा त्रयोदशीका ( श्रावण कृष्ण त्रयोदशी) दिनमा बज्रयोगिनी भव्य जात्रा हुने गर्दछ।
हाल रहेको नेपाली ३ तल्ले छानो शैलीमा बनाइएको यस कलात्मक मन्दिर भने १७ शताब्दीमा प्रताप मल्लले निर्माण गराएका थिए। कथन अनुसार कुनै समय फर्पिङ (फंपि) मा अनिकाल भइ देवता कोप भएर हाहाकार भएपछी श्री बज्रयोगिनी आकाश मार्गबाट उडेर आइ ,यस स्थानको रक्षा गर्नेछु भनी यहिँ बस्नुभएको मानिन्छ।श्री बज्रयोगिनीको विभिन्न किंवदन्तीहरु भएपनी यस फंपिको एक महत्वपूर्ण स्थानको रुपमा लिइन्छ।
मन्दिरको भवन तीन तल्ले रहेको छ । भवनको माथिल्लो तलामा रहेको मुख्य मूर्ति साँघुरो घुम्ने बाटोले घेरिएको छ ।
यस पवित्र क्षेत्रमा दिनहुँजसो स्वदेश एवम् विदेशबाट पर्यटकहरू आउने गर्दछन् । खास गरी यहाँको मन्दिर र मन्दिरदेखि गुफासम्मको बीचमा रहेको सुन्दर प्राकृतिक दृश्य एवम् फूलहरूले जो कोहीलाई स्वागत गरेको जस्तो देखिन्छ फर्फिङको बज्रयोगिनीको मन्दिर काठमाडौँको उत्तरपूर्वी भागमा करिब २० किलोमिटर टाढा अवस्थित छ । गुँबाहा, जसको अर्थ नेवारी भाषामा ‘मनोरञ्जनात्मक वन स्थान’ हो, यही नै बज्रयोगिनीको मन्दिर रहेको छ । फर्पिङ्गमा अवस्थित बज्रयोगिनी मन्दिर समुद्री सतहदेखि लगभग १,५८५ मिटर (५,२०० फिट) उचाइमा अवस्थित छ । त्यसैले यहाँको हावापानी चिसो रहेको छ ।
तान्त्रिक साधना एवम् ध्यान गर्ने साधकहरूका लागि त यो क्षेत्र निकै पवित्र मानिएको छ । पुरातन मन्दिर परम्परागत काठ सीढीले चढाएको छ, र त्यहाँ सामान्यतया एक पुजारी छ जसले देवीदेवताका लागि निष्कपट आगन्तुकलाई अनुमति दिन सक्छ, तर फोटोहरू अनुमति छैन। काठमाडौं जिल्लाको दक्षिण क्षेत्रमा रहेको नवघोषित यस दक्षिणकाली नगरपालिका ऐतिहासिक, धार्मिक र सांस्कृतिक, पर्यटकीय स्थलका रुपमा परिचित रहेको छ ।यस नगरपालिकामा धार्मिक तथा ऐतिहासिक पवित्र शक्तिपिठ, धार्मिक स्थलहरु लगाएत विभिन्न मौलिक संस्कृति, प्राकृतिक सम्पदाले भरिपूर्ण रहेकोले पर्यटनको प्रचुर सम्भावना रहेको छ ।