काठमाडौं । सरकारका पूर्व मुख्यसचिव दामोदरप्रसाद गौतमको निधन भएको छ ।
‘लिवर’सम्बन्धी समस्याबाट पिडित ८६ बर्षिय गौतमको मंगलबार बिहान ललितपुरको मेडिसिटि अस्पतालमा निधन भएको हो ।
२०१८ सालमा शाखा अधिकृतको रुपमा सरकारी सेवामा प्रवेश गरेका गौतम घरेलुको निर्देशक, चिया विकास ईलामको निर्देशक, पर्यटन र बाणिज्य मन्त्रालयको सचिव, अर्थ मन्त्रालयको अतिरिक्त सचिव हुँदै २०४७ साल देखि २०४९ सम्म मुख्यसचिव बनेका थिए ।
साथै उनी २०४७ देखि २०४९ सम्म मुख्यसचिव रहेका उनी २०५५र०५७ सम्म संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदुत समेत भएका थिए ।