काठमाडौं ।नेपाल बार एशोसियसनको केन्द्रीय कार्यसमितिका लागि सत्तागठबन्धनबाट अध्यक्षमा डिएलएका डा.विजयप्रसाद मिश्र र महासचिवमा पिपीएलएका केदारप्रसाद कोइरालाले उम्मेदवारी दिने भएका छन् ।
कांग्रेस निकट कानुन व्यवसायीहरूको संगठन डिएलए र एमाले निकट कानुन व्यवसायीको संगठन पीपीएलएले संयुक्त रूपमा उम्मेदवारी दिने भएको हो।
२७ औं केन्द्रीय कार्यसमितिका लागि २३ चैतमा हुने चुनावमा सत्तारुढ दल निकट कानून व्यवसायी संगठनहरुले साझा उम्मेदवारी दिएका हुन् ।
दुबै बरिष्ठ अधिवक्ताहरु हुन् । डा.मिश्र नेपाल बार एशोसियसनको महासचिव भैसकेका व्यक्ति हुन् भने कोइराला महासचिवमा प्रत्यासी भैसकेका व्यक्ति हुन् ।
आउँदो चैत २३ गते हुने नेपाल बारको २७औं महाधिवेशनमा देशभरबाट ११ हजार सात सय जनाभन्दा बढी कानुन व्यवसायीहरू मतदाता रहेका छन्।
आज विहिबार साँझसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।