काठमाडौं । मिस नेवा २०८१ को विजयीहरुलाई सगुनसहित रात्रीभोजको आयोजना मङ्गलबार काठमाडौंमा सम्पन्न भयो ।
गत २०८१ फागुन ४ गते नेवार भाषा, कला, संस्कृति र भेषभूषा प्रस्तुत गर्दै मिस नेवा फिनालेको आयोजना सम्पन्न भएको थियो ।
१९ प्रतिस्पर्धीलाई पछि पार्दै एक लाख रुपैयाँ नगदसहित मिस नेवाः नेपाल ११४५ को उपाधि ललितपुरकी प्रलिशा शाक्यले जितिन ।
सो फिनालेमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ नगद पचास हजार राशिसहित लाइभ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भए ।
सोही कार्यक्रममा चन्द्रागिरी नगरपालिकाकी लूनिभा मानन्धर फस्ट रनरअप र काठमाडौंकी लुमना महर्जन सेकेण्ड रनरअप भए ।

यसैगरी रोजिन शाक्यको कोरियोग्राफी, राजु नापितको नेपाल भाषा प्रशिक्षणमा सम्पन्न सो कार्यक्रम मिस नेवाः नेपाल कृषा महर्जनको मुख्य संयोजन, मिस नेवाः ११४३ सकिना महर्जनको संयोजन र सोसल वेलयफेर अम्वास्टर तिमिला महर्जनको सहसंयोजकत्वमा सम्पन्न भएको थियो ।
सो कार्यक्रमका प्रमुख अतिथि माननीय पशुपति शमशेर राणा रहनु भएको सो कार्यक्रमको संयोजन हेमा मानन्धरले गरेकी थिइन् ।
उक्त कार्यक्रममा गीतकार एवं समाजसेवी शोभित उप्रेती,ललितपूर महानगरका वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्य,बरिष्ठ कलाकार मदनदास श्रेष्ठ,डा.विमला शाक्य,अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली लगायत विशेष अतिथि रहेका थिए ।