काठमाडौं ।न्याय परिषद्को सदस्यमा सिफारिस भएका दामोदर खड्काको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।
आइतबार बसेको समितिको बैठकले न्यायपरिषद्को सदस्यमा सिफारिस खड्काले पेस गरेको अनुभव तथा कार्ययोजना सुनेपछि अनुमोदन गर्ने निर्णय गरेको हो ।
खड्कालाई न्याय परिषद्को सदस्यमा सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय भएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताएकी छिन् ।
खड्का बरिष्ठ अधिवक्ता हुन् ।