
काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।
आइतबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित भयो ।
ब्याटिङमा केही बलियो देखिएपनि फिनिसङमा चुक्दा नेपाल फेरि पनि लक्ष्य पूरा गर्नबाट भने चुक्यो ।
नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो ।





