
काठमाडौं । एन्फा महिला लिगमा नेपाल एपिएफ फुटबल क्लब च्याम्पियन बनेको छ।
बुधबार भएको फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई ४-० गोलले पराजित गर्यो।
लिगको उपाधिसँगै एपिएफले १० लाख रुपैयाँ हात पार्यो। उपविजेता बनेको पुलिसले ५ लाख पायो।
लिगको सर्वोत्कृष्ट खेलाडी एपिएफकी फरवार्ड सविता रानामगर घोषित हुँदै १ लाख रुपैयाँ हात पारिन्।
३५ गोल गरेकी एपिएफकी रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता र एपिएफकै सावित्री किसन उत्कृष्ट गोलकिपर हुँदै ५०-५० हजार रुपैयाँ पाए।
त्रिभुवन आर्मी क्लवले फेयर प्लेको ट्रफी पाउन सफल भयो।


