
काठमाडौं । भारतीय फास्ट बलर अर्शदीप सिंहलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पुरुषतर्फ ‘ट्वान्टी–२० क्रिकेटर अफ द इयर’ घोषित गरेको छ ।
अर्शदीप गएको वर्ष भएको ट्वान्टी–२० विश्वकप जित्ने भारतीय क्रिकेट टोलीका सदस्य हुन् । रोहित शर्माको कप्तानीमा विश्वकप खेलेका अर्शदीपको नाम घोषणा गर्दै उनले सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका जनाएको छ ।






