
काठमाडौं । पहिलो पटक आयोजना भएको खो खो विश्वकपमा नेपाल महिलातर्फ उपविजेता बनेको छ।
आइतबार घरेलु टोलीसँगको फाइनल भिडन्तमा पराजित भएपछि नेपाल उपविजेतामा सीमित बनेको हो।
भारतसँग ७८-४० अंकले पराजित हुँदा नेपाल विश्व च्याम्पियन हुन सकेन।
नेपालले यसअघि सेमिफाइनलमा युगान्डालाई पराजित गरेको थियो।
विश्वकपमा महिलातर्फ १९ टोली सहभागी थिए। जसमा नेपालले समूह ‘सी’ मा विजेता बनेर अन्तिम आठमा पुगेको थियो। नेपालले क्वार्टरफाइनलमा इरानलाई हराएको थियो।
अन्तिम आठमा नेपालले बंगलादेश र सेमिफाइनलमा इरानलाई हराउँदै नेपाल फाइनलमा पुगेको थियो।



