काभ्रे। काभ्रेपलाञ्चोक जिल्लामा भूमि आयोगका अध्यक्षमा विदुरप्रसाद हुमागाई नियुक्त भएका छन् ।
काँग्रेस र एमालेको संयुृक्त भागवण्डामा काभ्रेपलाञ्चोक जिल्ला एमालेको भागमा परेको थियो । बागमती प्रदेशका १३ वटा जिल्लामा काँग्रेस र एमालेले आधा आधा भागवण्डा गरेका हुन् ।
विदुरप्रसाद हुमागाई यस अघि पनि आयोगको सदस्यमा बसेर काम गरिसकेका अनुभवी ब्यक्ति हुन् । पनौती नगरपालिका ९ का हुमागाई एमाले जिल्ला कमिटी सचिवालय सदस्य, किसान महासंघका पुर्व जिल्ला अध्यक्ष र केन्द्रीय कमिटीका नेता हुन् ।
भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले नवनियुक्त अध्यक्षहरूलाई शपथ गराएका छन् ।