रौतहट । रौतहट प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका विभिन्न मुद्दाका २० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्लाप्रहरी कार्यलय तथा मातहतबाट खटिएको टोलिले खोज तलास गरि पक्राउ गरेको हो । रौतहट प्रहरी निरीक्षक रामकुमार महतोका अनुसार यहि पुस २३ गते
अदालतको फैसला कार्यान्वयनअन्तर्गत फरार प्रतिवादीलाई पक्राउ गरि आवश्यक कारबाहीका लागी रौतहटजिल्ला अदालतमा पठाइएको छ ।
पक्राउ पर्नेमा जालसाजी मुद्दाका अभियुक्त धेरै रहेको उनले जानकारी दिए ।जालसाजी मुद्दामा हुलास दास तत्मा , दीपलाल दास, जयलाल दास तत्मा , अखिलेन्द्र कुमार , सुखलाल महरा , फेकु महरा चमार , प्रेमचन्द्र महरा चमार, दशरथ दास तत्मा, शिव दास तत्मा, सुनर पतियातात्मिनी र बिजयदास तत्मा रहेको उनले बताए । लेनदेन मुद्दाकाआरोपी रामप्रवेश साह तेलि र राजकुमार साहलाइप क्राउ गरिएको प्रहरी निरीक्षक महतोले जानकारी दिए । कुटपिटमाबेनी राय , टैट राय चोरीमा हरि शंकर राययादव चोरी तथा डाँकामा हरि शंकर राययादव , सवारी ज्यान मा जितेन्द्र प्रसाद जयसवाल र बिगोमा गौरी शंकर साहलाई पक्राउ गरिएको जिल्लाप्रहरी कार्यलय रौतहटले जनाएको छ ।
उनीहरु सँग कैद तथा जरिवाना सजाय तोकिएको रौतहट प्रहरीले जानकारी दिएको छ ।