
काठमाडौं, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा तालिम तथा प्रशिक्षण विभागको व्यवस्थापनमा क्षमता अभिवृद्धि तालिम आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।
तालिममा विभिन्न १३ खेलका २५ प्रशिक्षक सहभागी छन् । सहभागी मध्ये अधिकांश स्वयंसेवक प्रशिक्षक छन् । साताव्यापी तालिमको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे ।



