काठमाडौं । नेकपाएमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चिनियाँविकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमालिनु उचितनभएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजितनेभिगेटिङ रणनीतिक प्रभावहरूको राष्ट्रिय सेमिनारमा बोल्दै उनले,अहिले चीनसँगबिआरआई अन्र्तगत कुनै ठूला प्रोजेक्टमा लोन लिएर गर्ने परिपक्क समय नरहेको भन्दै बीआर आई ऋणमा लिनु उचित नभएको बताएका हुन् ।
उनले भने,‘हामीले पुँजीगतखर्च २२–२३ प्रतिशतजम्म छुट्याउँछौं कूल बजेटको खर्च हुन्छ त्यसको पनि ५० प्रतिशतखर्च हुन्छ । यो स्थिति भित्र हामीले थपलोनहरु लिन सक्ने अवस्थामा चाँही छैनौं । त्यसैले अहिले यति नै बेला चीन सँग बिआरआई अन्तर्गत कुनै ठूला प्रोजेक्टमा लोन लिएर गरौं भन्ने खालको कुरा चाँही आवश्यक छ जस्तो लाग्दैन् । उचीतछैन् ।यो समय परिपक्कहोईन् भन्ने नै लाग्छ ।’
उनले बाहिरबाट दिने ऋणमा अप्ठ्यारा सर्तहरु आउने गरेको भन्दै अप्ठ्यारा कुराहरुलाई राजनीतिकआँखाले हेर्न नहुने बताए । प्रधानमन्त्रीको चीन भ्रमणमाचीनको अधिकतम सहयोग नेपालको हितमा जुटाउनेगरी सफलपार्न उनले आग्रह गरे ।
उनले भने,‘लोनहरुमा हुने अथवाआउने सर्तहरु अलि अलि अप्ठ्यारा छन् । जुन सुकै देशको हकमा पनि यस्ता अप्ठ्यारा कुराहरुलाई त्यही ढंगले डिल गर्नुपर्छ । यसलाई राजनीतिकआँखाले हेर्नुहुँदैन् भन्ने मेरो आँखा छ । प्रधानमन्त्रीज्यूको चीन भ्रमण हुँदै गर्दा यी सबै विषयलाई ध्यानमा राखेर चीनको अधिकतम सहयोग नेपालको हितमा जुटाउनेगरी भ्रमण सफलहोस् आग्रह गर्न चाहन्छु ।’