काठमाडौं । युएईमा यही नोभेम्बर २९ देखि सुरु हुने एसीसी यू-१९ पुरुष एसिया कप क्रिकेटका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ ।
एसीसीले शनिवार हेमन्त धामीको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली अन्तिम टोलीको नाम सार्वजनिक गरेको हो । यसअघि नेपाल क्रिकेट संघ -क्यान ले १८ जनाको नाम सार्वजनिक गरेको थियो ।
उक्त टिममा हेमन्त धामी (कप्तान) अर्जनु कुमाल (उपकप्तान)आकाश त्रिपाठी, उतत्म रंगु थापा मगर, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिन कुमार महतो, अपराजित पौडेल,अभिषेक तिवारी, रन्जित कुमार रहेको क्यानले जनाएको छ ।