काठमाडौं।कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रका उम्मेदवारलाई नेकपा एकीकृत समाजवादीले समर्थन गर्ने भएको छ।
शनिबार दुई दलबीच बसेको बैठकले उक्त निर्णय गरेको हो।
आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा माओवादीका शिव शरण महर्जनले मेयर पदका लागि उम्मेदवारी दिने भएका छन्।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए अनुसार काठमाडौं महानगर वडा-१६ को वडा अध्यक्ष पदमा मिनबहादुर मानन्धरलाई माओवादीले समर्थन गर्ने भएको छ ।