
काठमाडौं ।यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटमा नेपालकी कप्तान पूजा महतोले शतक पुरा गरेकी छन् ।
छनोटअन्तर्गत आज भइरहेको चौथो खेलमा कुवेतविरुद्ध ब्याटिङ गर्दै महतोले शतक हानेकी हुन् ।
उनले ५७ बलमा १२ चौका मद्दतमा १०० रन पूरा गरिन् ।
टस जितेर व्याटिँग गरिरहेको नेपाली टिमले यो समचार तयार पार्दासम्म १७ ओभरमा २ विकेट गुमाएर १८२ रन जोडेको छ ।
नेपालका लागि कप्तान महतालेले ११६ तथा सोनि पाख्रिनले २८ रन बनाएर खेलिरहेका छन् ।
खेल भैरहँदा नेपाल भारी रनतर्फ अग्रसर हुने देखिएको छ ।



