काठमाडौं । स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोना पराजित भएको छ । बार्सिलोनालाई आइतबार रियाल सोसिडाडले १–० ले हराएको हो ।
एनोइटा रंगशालामा शेराल्डो बेकरले गरेको गोल घरेलु टिमको जितमा निर्णायक बन्यो । उनले ३३औँ मिनेटमा लुका सुचिकको पासलाई पोस्टको दिशा दिएका थिए ।
जारी सिजन बार्सिलोनाले विपक्षीको पोस्टमा एकपटक पनि प्रहार गर्न नसकेको यो पहिलोपल्ट हो ।
हारका बाबजुद बार्सिलोना १३ खेलबाट ३३ अंकका साथ शीर्ष स्थानमा कायम छ । तर, यो हारले बार्सिलोनाले शीर्ष स्थानमा अग्रता फराकिलो बनाउने अवसर खेर फालेको छ ।