काठमाडौं । साफ महिला च्याम्पियनसिपमा आज समूह चरणकै सबैभन्दा प्रतिक्षित खेल हुँदै छ । प्रतियोगितामा आज साविक विजेतासमेत रहेको बंगलादेशले प्रतियोगिताको सबैभन्दा सफल टिम भारतविरुद्ध प्रतिस्पर्धा गर्दै छ । आज यी दुई टिमबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः३० बजेदेखि सुरु हुनेछ ।
आजको खेलको नतिजाप्रति समूह ‘ए’मा पाकिस्तानको पनि चासो रहनेछ । भारतले यसअघि आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ५–२ ले हराएको थियो । बंगलादेश भने पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरीमा रोकिएको थियो । यसकारण एक अंक जोडेको पाकिस्तानले पनि सेमिफाइनल पुग्ने झिनो आशा बोकेको छ ।