
काठमाडौं ।साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालकी रेखा पौडेलले ह्याट्रिक गरेकी छन्।
नेपालका लागि रेखाले तीन गोल गर्दा प्रीती राई र सविता राना मगरले समान १–१ गोल गरेका छन्।
्यो समचार तयार पार्दासम्म नेपाल ५–० ले अघि रहेको छ
उनले दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै गोल गर्दै ह्याट्रिक पूरा गरिन्। यसअघि उनले पहिलो हाफमा दुई गोल गरेकी थिइन्।
माल्दिभ्सविरुद्ध एकपक्षीय खेल खेलिरहेको नेपालले पाहुना टोलीमाथि पूर्ण रुपमा दबाब बनाएको छ।


