
काठमाडौं । संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रामै रहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे ।
शीर्ष स्थानको एपीएफले पाँचौं जितसँगै ६ खेलबाट १६ अंक जोडेको छ । जुन दोस्रो स्थानको पुलिसको भन्दा पाँच अंकले बढी हो ।


