काठमाडौं । साहित्यकार तथा समालोचक निर्मला कोइरालाको समालोचनासंग्रह ‘अक्षरका यात्री’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा कोइरालाको कृति प्रमुख अतिथि डा. कृष्णप्रसाद दाहाललगायतले सार्वजनिक गरे ।
प्रमुख अतिथि डा. दाहालले साहित्यकार कोइरालाको कृतिबारे बोल्दै साहित्य प्रतिष्ठानले गरेका कार्यक्रमहरूका विषयमा पनि चर्चा गरे । उनले प्रतिष्ठान विराटनगरकै साहित्यिक गहना भएको उल्लेख गरे ।
उक्त अवसरमा कृतिकार कोइरालासँगै साहित्यकारहरू भूषण ढुंगेल, डा. बाबुराम तिमल्सेना, खेम नेपाली, डा. मेदिनीप्रसाद शर्मा, गंगा सुवेदी, बलराम पोखरेल र गोकुल अधिकारीले कृतिमाथि आफ्ना धारणा राखे ।