
काठमाडौं।उपन्यास विधाको पहिलो मदन पुरस्कार विजेता यशस्वी उपन्यासकार तथा कवि लीलाध्वज थापाको नाममा स्थापित लीलाध्वज थापा साहित्य प्रतिष्ठानले ‘लीलाध्वज थापा त्रैमासिक स्रष्टा सम्मान तथा पुरस्कार’ यसपटक नेपाली साहित्य र हास्यव्यङ्ग्य विधाको श्रीवृद्धिमा लामो समयदेखि उल्लेखनीय सेवा गर्दै आएका नरनाथ लुइँटेललाई प्रदान गर्ने निर्णय गरेको छ।
लुइँटेलले विभिन्न शैक्षिक संस्थामा प्राध्यापन गर्नुका साथै प्राज्ञ सभा सदस्य, नेपाल प्रज्ञा प्रतिष्ठान लगायत विभिन्न पत्रिकाको कार्यकारी सम्पादकमा समेत योगदान गरेका छन् ।
दर्जनौ साहित्यिक संस्थामा संलग्न उनको हास्यव्यङ्ग्य सम्बन्धी ७, गैर हास्य ५, गीतिकाव्य,शोककाव्य,लेखन तथा सहलेखनमा थुप्रै पुस्तक प्रकाशित छन्।
अढाई दर्जनभन्दा बढी संस्थाबाट सम्मान प्राप्त उनले हाल फित्कौली डट कम अनलाइन सेवा सञ्चालन गर्दै आएका छन्।
रु. दश हजार राशिको उक्त पुरस्कार र सम्मान यही २०८२ पुस १९ गते एक समारोहमा प्रदान गरिने समेत प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाद्वारा जानकारी हुनआएको छ ।





