काठमाडौ । कवि कल्पना काफ्लेको मुक्तक संग्रह ‘अशान्त धड्कन ‘सार्वजनिक भएको छ ।
शनिबार प्रज्ञाप्रतिष्ठानमा एक समारोह बीच उक्त कृति सार्वजनिक भएको हो ।
प्रा.डा.माधवप्रसाद पोखरेल,साहित्यकार डा.नवराज लम्साल,प्रा.डा.देवी नेपाल,डा.रामप्रसाद ज्ञवाली,स्रष्टाकी माता पुष्पा काफ्ले,रामकाजी कोने र कृतिकार लगायतले उक्त कृति सार्वजनिक गरे ।

दुई सय भन्दा बढी मुक्तकहरु संग्रहित उक्त कृतिमा मायाप्रेम,समाजका वर्तमान वेथिति,विकृति र विसंगतिप्रतिको ब्यँग,देशप्रेम लगायतका विषयका मुक्तकहरु समेटिएका छन् ।
गणेश मार्मिकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रल्हाद पोखरेल,प्राज्ञ डा.भागवत आचार्य,कलानिधि दाहाल,प्रभा भट्टराई,राजेन्द्र शलभ,विश्वमोहन श्रेष्ठ,मधु पाठक,ज्योती जंगल,कृष्ण प्रसाई लगायतका कवि साहित्यकारको आतिथ्यता रहेको थियो ।

कृतिको बारेमा डा. अशोक थापा र प्रा.डा. देवी नेपाल लगायतले चर्चा गरे । प्रज्ञाको हल खचाखच भएको सो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
साहित्य सुधाकी संस्थापक काफ्लेको यो दोस्रो कृति हो ।