काठमाडौं। नीरा श्रेष्ठको पहिलो कविताकृति ‘काठको बाकस आइसबक्स अनि सपनाहरू’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रा.डा.गोविन्दमानसिंह कार्की, कवि गीतकार शंकरप्रसाद कोइराला, प्रा. डा.रवि मल्ललगायत साहित्यकारले कृति लोकार्पण गरे ।
प्रा.डा.कार्कीले कृतिमाथि समीक्षात्मक मन्तव्य राखे । यसमा फरकफरक विशेषता बोकेका कविता रहेको उनले बताए ।
काठमाडौं ।
कवि गीतकार कोइरालाले चिकित्सा क्षेत्रमा सेवारत कवि नीराले सशक्त भावका कविता लेखेको उल्लेख गरे ।
मुटुरोग विशेषज्ञ प्रा.डा. मल्लले कवि नीराको कविता आफूहरूले सुन्दै आएको चर्चा गरे । नेपाली साहित्यले एक उदीयमान कवि पाएको उनले बताए ।
कवि नीराले आफ्नो कविता लेखनबारे बताइन् ।
लालित्य सिर्जना समाज, ललितपुरद्वारा आयोजित कार्यक्रममा पवन आलोक, राधेश्याम लेकाली, जुमन किरण, बुद्धिमान महर्जनलगायत साहित्यकारले बोलेका थिए ।