पुराना पुस्तक
कृति: दश पोकाभित्रका पन्ध्र अँजुली
विधा: नियात्रा
नियात्राकार : बद्री पोखरेल
स्वदेशभित्रका विभिन्न १५ स्थानका यात्राको क्रममा आएको कृति हो । यसले ती स्थानहरुको वस्तुस्थिति,सामाजिक,साँस्कृतिक अबस्था लगायतका कुराहरु बारे जानकारी दिन्छ । दुर्गम सेतीको बाजरा लगयातका विभिन्न दुर्गम स्थलको उतिबेलाको यथार्थ चित्रण गरेको यो कृतिले नेपालको सुदुर पश्चिमका विभिन्न सेती,कर्णाली र भेरी अञ्चलका बझाँग,बाजुरा,डोटी,अछाम,मुगु,हुम्ला,कालिकोट,जुम्ला,दैलेख र सुर्खेतका विभिन्न विषयहरु चिनाउँछ ।
लेखककको निजात्मक शैलीमा लेखिएको मीठासपूर्ण भाषाले पठनीय कृति रहेको छ ।
दश पोकाभित्रका पन्ध्र अँजुलीलाई साझा प्रकाशनले पहिलो पटक वि.स.२०३८ सालमा प्रकाशनमा ल्याएको हो ।
कृति : सान्दर्भिक समालोचना
विधा : समालोचना
समालोचक : प्रा.डा.लक्ष्मणप्रसाद गौतम
सत्रवटा विभिन्न विषयका समालोचनाहरु कृतिमा परेका छन् । नेपाली महाकाव्य,नेपाली बालकविताको विकासक्रम,लघुकथा,चिसो चुल्हो, लुनी,उर्वशी,त्यसरी बाँचेको छ, समकालीन नेपाली कविताका रुप, कविता र गीत गजल आदि विभिन्न कृति र रचनाका समालोचना यसभित्र समावेश गरिएका छन् ।
समालोचनात्मक चेतले भरिएका समालोचनाहरुविद्यार्थी, शिक्षक, समालोचक लगायत सबैको निम्ति उपयोगी छ ।
सान्दर्भिक समालोचनालाई भुँडीपुराण प्रकाशनले पहिलो पटक २०५७ मा प्रकाशनमा ल्याएको हो ।
कृति : माथापच्ची
विधा : निबन्ध
निबन्धकार : विनयकुमार शर्मा
आफ्ना अनुभूतिमा लछप्पै भिजेर आत्मपरक निबन्धहरु लेख्ने शर्माका १० वटा विभिन्न शिर्षकमा सजिएका निबन्धहरु यस कृतिभित्र अटेका छन् । यसमा तार्किक र बौद्धिक चेतले सृजित निबन्धहरु छन् ।यौनिक प्रजननका विषय,चाकरी भन्दा पर योगदानले मान्छे वरिष्ठ हुन्छ भन्ने भावका निबन्ध पनि छन् ।सत्यको अनेक कोणबाट केलाई पनि निबन्धमा छ ।मान्छे बुद्धि, विवेकमा बाँच्नुपर्छ भन्ने सन्देश पनि निबन्धले दिन्छ ।
भन्न सकिन्छ बौद्धिक विचारमा बाँचेका निबन्धहरुको कृतिमा प्रधानता छ ।
माथापच्चीलाई शब्दार्थ प्रकाशनले पहिलो पटक वि.सं.२०७० मा प्रकाशनमा ल्याएको हो ।