काठमाडौं ।सर्जक सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’को शब्द तथा सङ्गीतकार नरहरी प्रेमीको सङ्गीत र अपेक्षा खनालको स्वर रहेको ‘जिन्दगीको के भरोसा’गीत आज सार्वजनिक भयो ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि गीतकार संघका अध्यक्ष बसन्त थापा बित्यासी,कार्यक्रमका सभापति साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीसहितले सो एल्बमको लोकार्पण गरेका हुन् ।
कार्यक्रममा स्रष्टा सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’लाई अध्यक्ष लेकाली, प्रमुख अतिथि बित्यासी र वरिष्ठ साहित्यकार महेश प्रसाईँंले टोपी, माला र पुष्पबृष्टि गरी सम्मान गरेका थिए ।
लोकार्पित एल्बमबारे श्रीरामसिहं बस्नेतले समीक्षा गरेका थिए भने लोकार्पित गीतका सङ्गीतकार नरहरी प्रेमी र गायिका अपेक्षा खनालले गीतबारे मन्तव्य राख्दै गीत गाएका थिए ।
कार्यक्रममा अध्यक्ष लेकाली, प्रमुख अतिथि बित्यासी र गीतकार ‘भीमफेदीया’ले लोकार्पित गीतबारे आआफ्नो मन्तव्य राख्दै नेपाली गीतको अवस्था, प्रतिलिपी अधिकार र रोयल्टी संकलनको अवस्थाबारे बोलेका थिए ।
कार्यक्रममा कवि मुरारी सिग्देलले सहजीकरण गरेका थिए ।