वि.सं.१९९२ असार २४ गते काभ्रेपलाञ्चोक जिल्लाको भमरकोटमा जन्मेका थिए पराजुली । लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका उनी विभिन्न साहित्यिक संस्थाहरुको स्थापना गरी नेपाली भाषा,साहित्यको श्रीवृद्धिको लागि लागिरहे । उनी सुनकोसी साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष पनि बनेर सक्रिय भए ।
पढाईमा साहित्यरत्न पुरा गरेका,थुप्रै राष्ट्रिय पुरस्कार,सम्मानहरुबाट सम्मानित पराजुली राम्रो रचना मीठो नेपालीबाट आम विद्यार्थी माझ पनि लोकप्रिय भए । कथा,कविता,निबन्ध,काब्य,बालसाहित्य ,समालोचना,मात्र नभएर नेपाली भाषा व्याकरणको क्षेत्रमा पनि थुप्रै कृतिहरु दिएर नेपाली भाषा साहित्यमा अतुलनिय योगदान गर्ने पराजुलीका तीन दर्जन भन्दा बढी कृतिहरु प्रकाशित छन् ।
यतिमात्र हैन् नेरावी, ज्ञानसागर,पालुवा, बालक,भन्ज्याङका सुसेली,कलिलो घाम,कविता,नेपाली वृहद शब्दकोष, अठोट जस्ता पत्रिका र पुस्तकहरुको सम्पादनमा समेत उनको योगदान रहेको थियो ।
लामो समयदेखि मधुमेहबाट ग्रसित पराजुलीको वि.सं.२०७० चैत्र २० गते ७९ बर्षको उमेरमा देहावसान भएको थियो । यस्ता नेपाली भाषा साहित्यका अथक योद्धालाई जन्मजयन्तीको अबसरमा भावपूर्ण श्रद्धान्जली ।