व्यङ्विनोदी कथाहरु
हास्यव्यङ्ग हुन रोचक र घोचक हुनुपर्दछ । यसको आस्वादानको मजा तबमात्र आउँछ । माणिकरत्न शाक्यको सङ्कलन र सम्पादनमा आएको छ व्यङ्विनोदी कथाहरु ।यस सङग्रहमा कृष्णप्रसाद चापागाइँको रेलको सफरदेखि गायत्री लम्सालको हिले बाबु र धूलि मैयाँसम्म गरी जम्मा ४९ थान व्यङ्विनोदी कथाहरु समावेश गरिएका छन् । समयावधी हेर्दा वि.सं.२००८ सालदेखि २०८१सालसम्मका कथाहरु यसमा परेका छन् ।
नेपाली हास्यव्यङ्ग कथाहरुको प्रारम्भकर्ता चापागाइँ मानिन्छन् । त्यसयता नेपाली साहित्यमा थुप्रै व्यङ्ग कथाकारहरु जन्मिसकेका छन् । कृतिमा प्रतिनिधिमूलक स्रष्टाहरु पार्ने प्रयास गरिएको छ । कृतिमा अविन,रबिन साय्मी,वासु क्षितिज, सिमल, गंगादेवी,सन्तोष विष्ट लगायतका सुन्दर चित्रहरुले कथाहरुलाई चित्रण गरेका छन् । भाषा सम्पादनमा सानुराजा श्रेष्ठ अन्जानले मिहेनत गरेका छन् ।
व्यङ्विनोदी कथाहरु पठनीय छ । भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको यो हास्यव्यङ्ग्य कथासङ्ग्रहको मूल्य रु.४५०। रहेको छ ।
मानिस किन बिदेसिन्छन्!
नेपालको आम चरित्र भैसकेको छ । अझ भनौं प्रवृत्ति नै भैसक्यो विदेसिने । त्यस्तै विदेसिएका मान्छेका पीडा र अनुभूतिहरु समेत परेको पुस्तक हो यो । यसमा लेखक मोदनाथ खनालले नेपालीहरु विदेसिनु परेका कारणहरुलाई अत्यन्तै मिहिन ढंगले विश्लेषण गरेका छन् । उनले नेपाली राजनीति र राजनीतिज्ञहरुलाई यसको दोष लगाएका छन् ।लाग्छ यो आप्रवासीहरुको आफ्नै कथा र व्यथा हो ।
नेपाललाई घृणा गरेर होइन्,अनि नेपालको माया नलागेर पनि होइन् तर बाध्यताले गर्दा नेपालीहरु दिनहुँ विदेसिएको कारणलाई यहाँ खुलाईएको छ।नेपालका नीति निर्माताहरुलाई कृतिले खवरदारी पनि गरेको छ ।
मानिस किन बिदेसिन्छन्! लाई विद्यार्थी पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.३२५। रहेको छ ।