1600,1205,0,0.45,-1
काठमाडौं ।०८२ सालको साहित्य दिवस विभिन्न साहित्यिक कार्यक्रमका साथ मनाइएको छ ।
साहित्य संवर्धन केन्द्रको आयोजनामा राजधानीमा बैशाख १ गते आयोजित कार्यक्रममा भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गरी टुँडिखेल परिक्रमा गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानमा र्याली पुगेर कार्यक्रममा परिणत भएको थियो ।
उक्त कार्यक्रममा विभिन्न स्रष्टाहरुका सातवटा कृतिहरुको संयुक्त रुपमा विमोचन गरिएको थियो ।
विमोचित कृतिहरूमा प्राडा.विद्यानाथ कोइरालाको ‘ऋग्वेद’, डा.धनपति कोइरालाको निबन्धसङ्ग्रह ‘अतृप्ति’, सुधा शर्माको ‘समकालीन नेपाली निबन्धमा पूर्वीय दर्शन’, कुमार काफ्लेको बालकथासङ्ग्रह ‘सुन्दर सपना’, नवराज रिजालको कथासङ्ग्रह ‘लौ भन्नोस् त’, नारायणकैलाश सिग्देलको नियात्रा सङ्ग्रह ‘देश डुल्ने पाइला’ र आर्या घिमिरेको बाल कवितासङ्ग्रह ‘आफ्नै देश राम्रो’ रहेको छ ।

कार्यक्रममा विमोचन गरेका कृतिहरुको बारेमा समीक्षक तथा लेखक सुधा शर्माले समीक्षा गरेकी थिइन् । उनले कृतिहरुमाथि समीक्षा गर्दै कृतिहरु भित्रका कुराहरुको बारेमा संक्षिप्त जानकारी समेत गराएकी थिइन् ।
‘हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार’ आख्यानकार प्रा.डा.ध्रुवचन्द्र गौतमलाई प्रदान गरियो। ‘साहित्य संवर्धन द्रष्टा सम्मान’ प्रा.डा.लक्ष्मणप्रसाद गौतमलाई प्रदान गरिएको छ ।
यसबाहेक‘वसन्त–राधा पद्यकाव्य पुरस्कार’डा.सीताराम अधिकारी‘जम्बकुमारी–टीकावल्लभ साहित्य सम्मान’ सागर ‘मणि’थापा,‘गुरु रामप्रसाद श्रेष्ठ साहित्य सम्मान’द्धारा डा.गीता शिवाकोटी खरेल सम्मानित भए ।

डा.मधुसूदन लामिछानेद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा साहित्यकार विष्णुहरि नेपाल, प्रा. डा प्रेम खत्री, कवि भुवनहरि सिग्देल, र विनयकुमार शर्मा नेपालद्वारा आआफ्नो मन्तव्य व्यक्त गरिएको थियो ।