चार मुक्तकहरु
मनुहाङ किराँती “साेलु”
म मरेकै दिनदेखि जाे पत्रकारलाई काम आउने छ
लास जलाउनेलाई मेराे लाससँगै दाम आउने छ
हिजाेसम्म कसैले चिनेकाे थिएन म गुमनाम थिएँ
मरेपछि लाससँग राष्ट्रकाे झण्डा र नाम आउने छ !
जिन्दगी खुसी लाग्थ्याे हाेला तिमीसँग रमाउन पाए
अझ जीवन सुन्दर लाग्थ्याे हाेला खुसी कमाउन पाए
हरकुरा गणितमाझै हुन्छ, हिसावमा भाग,गुणन,जाेड
घटाएर अरु कति जाती तिम्रै लागि हात समाउन पाए !
यहाँ गाैतम बुद्ध जन्मेकाे देश मेरै हाे
मायादेवीकाे टाउकाेमा फुलेकाे केश मेरै
जे जे गर तिमी नै हाेै मालिक मेराे पनि
तिमीलाई अघाई उबारेकाे शेष मेरै हाे !
चिसाे माैसम लागेपछि बादलभित्र घाम हरायाे
आजभाेलि चिठ्ठी लेख्न छाेडेपछि खाम हरायाे
ठेगानाकाे “न” कुरा गर पठाउनेकाे ठेगान छैन
भित्र लेखेकाे के के थियाे बाहिर मेरै नाम हरायाे !
मनुहाङ किराँती “साेलु”