पुराना पुस्तक
कृति: स्वर्गको दरबार
कृतिकार : शुक्रराज शास्त्री
मानव मात्रको लागि नैतिक शिक्षा दिने कृति । राणाहरुको जहाँनिया शासनकालमा यो कृति लेखिएको हो । सामाजिक रुपान्तरणको लागि जागरण ल्याउन कृति लेखिएको जस्तो देखिन्छ । शिक्षा,राजनीति,समाज,मान्छेको चरित्रवान हुन के गर्ने जस्ता सबैले मनन गर्नुपर्ने विषयहरु कृतिमा छन् ।स्वर्ग धर्तीमै हुन्छ भन्ने कुरालाई यहाँ चित्रण गर्न खोजिएको छ । उतिवेलाको निरंकुशता विरुद्ध प्रतिकात्मक रुपले विरोध गरिएको कृति आजभन्दा झण्डै नब्बे वर्ष पहिले लेखी प्रकाशनमा आएको थियो
पहिलो पटक शुक्रराज शास्त्री आफैैले वि.सं १९८६ मा कलकत्ताबाट प्रकाशित गराएको कृति स्वर्गको दरबारलाई जनमत प्रकाशनले पुन वि.सं.२०६६ मा प्रकाशित गरेको थियो ।
कृति: हिटलर र यहुदी
विधा :उपन्यास
उपन्यासकार : विश्वेश्वर कोइराला
वि.सं.२०२५ सालमा लेखिएको यो उपन्यास द्धितिय महायुद्ध र त्यसका असर र परिणामहरु,विभत्स दृष्य र अवशेषहरु चित्रण गरिएको छ । उपन्यासकार युद्धका घाउ र पीडाहरुमा दुखेका छन् ।
नयाँ शैलीमा उनको प्रस्तुतिले पाठकलाई तान्ने खुवी राख्छ । यात्रा वृतान्त शैलीमा लेखिएको छ । युद्धले यहुदी जातीलाई दिएको पीडा पोखिएको कथा छ । यो उपन्यास अपूर्ण लाग्छ । आर्यसंस्कृतिमा निहित अध्यात्मवादी दर्शनलाई प्रस्तुत गरिएको छ । प्रथमपुरुष पात्र म मार्फत आख्यान बताइएको देखिन्छ ।
हिटलर र यहूदीलाई पहिलो पटक साझा प्रकाशनले प्रकाशित गरेको हो ।
कृति : अनिता
विधा : उपन्यास
उपन्यासकार : डायमनशमसेर राणा
राजनीतिक चेपुवामा परेका जसको इच्छा विपरित विवाह भएको हुन्छ । रुढीबादलाई तोड्ने कथा छ यहा । महिला पात्रलाई केन्द्रमा राखिएर लेखिएको यो उपन्यासमा महिलाका पीडा र भोगाईहरु उजागर भएर आएका छन् । महिलाका दमित इच्छा र चाहानाहरुको मनोदशा पनि उपन्यासले देखाएको छ ।
पहिलो पटक नेपाली साहित्य सञ्चयिका,दार्जिलिंगबाट वि.स.२०४३ सालमा यो कृति प्रकाशित भएको हो ।