
काठमाडौं । सुसेली साहित्यिक प्रतिष्ठान, दक्षिणकाली फर्पिङले २०८१ फागुन १७ गते शनिबारका दिन बृहत् साहित्यिक उत्सव गर्ने निर्णय गरेको छ ।
बृहत् साहित्यिक उत्सवको कार्यक्रममा सुसेली साहित्यिक प्रतिष्ठान, दक्षिणकाली, फर्पिङले दीर्घकाल साहित्यिक पत्रकारमा योगदान पुर्याउने तथा साहित्य सेवा गर्ने स्रष्टाहरुलाई विभिन्न सम्मान प्रदान गर्ने घोषणासमेत गरेको छ ।
यस कार्यक्रममा वर्ष पहिलो २०८१ को ‘सुसेली साहित्यिक पत्रकार सम्मान–२०८१’ बाट वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, ‘सुसेली कविता सम्मान–२०८१’बाट कवि तुलसी दिवस र ‘सुसेली आख्यान सम्मान–२०८१’बाट कथाकार माया ठकुरीलाई समर्पण गर्ने निर्णय गरेको छ ।

सम्मानित स्रष्टाको चयन साहित्यकार किशोर पहाडीको संयोजकमा गठित डा.शेखरकुमार श्रेष्ठ र अप्सरा भुर्तेलको तीन सदस्यीय समितिले गरेको हो ।
सम्मानित स्रष्टालाई २०८१ फागुन १७ गते शनिबार नगदसहित सम्मान समर्पण गरिने ब्यहोरा यसै प्रेस विज्ञप्तिमार्फत अध्यक्ष आवेश मिश्रले जानकारी दिएका छन् ।





