मुक्तक
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
१)
पूरा हुन बाँकी सपनाहरु थाँती छ
मेरो काम गरी खाने प्रशस्त भलिभाँती छ
मेरो तपाईंहरुको जस्तो साँघुरो सोच पक्कै छैन
आकाश भन्दा पनि फराकिलो छाती छ मेरो!
२)
अनेकौं बिघ्न बाधाहरुलाई छल्नुपर्छ
देखेर रीस गर्नेहरु पक्लक्क ढल्नुपर्छ
जुनसुकै हालतमा पनि यो दुनियाँ सामु
जीवन हो बाँचुन्जेल धपक्क बल्नुपर्छ!
३)
मेरो माया तिमीलाई नौ मुरी जति
तितो हुन्छ मुख गुलियो खाए अति
यति सानो कुरा जसले पनि बुझ्दछ
राम्रो नराम्रो भन्ने कति हुन्छ कति !
४)
ढुङ्गा भित्र हुन्छ सुन एक एक गरि छान्न थाल्नु
पीर र व्यथामा साँच्चै यो शरीर हुँदैन है गाल्नु
घमण्ड बनि अधुरो र अपुरो बनाउँदै आफैंलाई
फूल जस्तो सुन्दर जीवन भन किन खेर फाल्नु!
५)
वारपार लगाउँछु भनेरै म आज माथिबाट झरेको हो
मेरो जिन्दगी सँधै उज्यालो हुन्छ भनि मरिहत्ते गरेको हो
अरुसँग बेकार यस्तो उस्तो भनि मलाई तुलना गर्दै नगर
यति बुझ,तिमी फूल जस्तै सुन्दर भएर मन परेको हो।