शशीश्री आचार्य
भाग्य मेरो खोटो रैछ
भाग्य मेरो खोटो रैछ खुसीहरू पोखी गए
सपनीमा रमाएको थिएँ ती पनि खै आधा भए ।
जिउनु खै के का लागि प्रश्नमाथि प्रश्न नै छन्
मनका सारा धोका जति छायाँ बनि छचल्कियो झन् ।
रोउ भने आज हेर आँसु जति सुकी गए
मनको मझेरीमा पीडा आगो बनि जली रहे।
अब छैन इच्छा हेर ! यो मन रमाई खुसी हुने
दुखियाको जीवन रैछ दुःख पाउने जुनी जुनी ।