
काठमाडौं । साहित्य सदन नेपालका संस्थापक अध्यक्ष केदारमान ब्यथितका नाउँमा स्थापित व्यथित साहित्य सम्मान २०८१ बाट साहित्यकार तथा वरिष्ठ पत्रकार विजय चालिसे सम्मानित भएका छन् ।
महाकवि देवकोटा तथा कविवर व्यथित जयन्तीको अबसरमा आयोजित कार्यक्रममा प्राडा.पद्यप्रसाद देवकोटाले चालिसेलाई सम्मान पत्र अर्पण गरे ।
पत्रकारिता तथा साहित्य मार्फत नेपाली भाषा र साहित्यको योगदान गरेकोले चालिसेलार्ई नगद बीस हजार सहित उक्त सम्मान प्रदान गरिएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.देवकोटा तथा कवि एवं साहित्यिक पत्रकार मोहन दुवाल र साहित्यकार परासर कोइरालाले सम्मानित स्रष्टा विजय चालिसेको योगदानको चर्चा गरेका थिए ।
साहित्य सदनका उपाध्यक्ष मित्रलाल पँगेनीको अध्यक्षतामा भएको उक्त सम्मान कार्यक्रममा विभिन्न कविद्धारा कविता बाचन पनि गरिएको थियो ।
कार्यक्रममा संविधान सभा सदस्य माननिय रामेश्वर फुँयाल समेतको उपस्थिति थियो ।








