राष्ट्रिय सभाको बैठक भोली बस्ने
काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक भोली आइतबार बस्ने भएको छ । संसद सचिवालयले भोलीको सम्भावित कार्यसूची प्रकाशन गरेको छ ।
भोली दिउसो सवा एक बजेको निम्ति बोलाइएको बैठकमा राजस्व र व्ययको अनुमानमाथि सामान्य प्रस्ताव गरियोस भन्ने प्रस्ताव अर्थमन्त्री पुनले पेश गर्नेछन् । त्यसमाथि छलफल गरिने कार्यसूची रहेको छ ।
यसैगरी माननीय उद्योग,बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ स्वीकृत गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।
भोली नै सुचना तथा सञ्चारमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्दैछिन् ।
यसैगरी कार्यसूचीमा विधायन ब्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले सुरक्षित कारोवार(पहिलो संशोधन) विधेयक २०८० सहित विधायन व्यवस्थापन समितिको प्रतिवेदन समेत पेश गर्ने कार्यसूची सार्वजनिक गरिएको छ ।