काठमाडौं, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछोनले विभिन्न प्रहरी वृतहरुको अनुगमनको क्रममा नागरिकका गुनासा सुन्न प्रहरीलाई निर्देशन दिएका छन् ।
गएराती प्रहरी वृत्त गौशाला,बौद्ध र महाराजगंजको अनुगमनको क्रममा उनले उक्त निर्देशन दिएका हुन् ।
कार्यालयहरुको प्रगति,जनशक्ति,कागजपत्रहरुको व्यवस्थापन र प्रविधिको प्रयोगको अवस्था र कार्यसम्पादनमा आइपरेका समस्या लगायतका विषयमा उनले वृत्त प्रमुखहरुसँग जानकारी लिएका थिए। यसक्रममा गृहमन्त्री लामिछानेले नागरिकका गुनासा तत्काल सुन्न,पीडितमैत्री ब्यवहार गर्न,जिम्मेवार हुन निर्देशन दिए । उनले केहीदिन यता कामको योजना बनाउन तल्ला तहका प्रहरी युनिटहरुको अनुगमन थालेको बताइएको छ ।