काठमाडौ । संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ।
आइतबार बिहान ११ बजे बस्नेगरी समितिको बैठक बोलाइएको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस भएका कृष्णमान प्रधानबारे निर्णय गर्नेछ।
असार २ गते बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो। त्यसपछि उनीमाथि उजुरी आह्वान गर्दा एक महिलाले आफू प्रधानबाट यौन शोषणमा परेको उजुरी दिएका थिए।
ती महिलाले आइएनजिओमा जागीर लगाइदिने प्रलोभनमा पारेर प्रधानले निरन्तर यौन दुर्व्यवहार गरेको उजुरी दिएकी थिइन्।
त्यसपछि सुनुवाइ समितिले उजुरीकर्ता प्रधानसँग छलफल गरेको थियो।