काठमाडौ ।प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको बताइएको छ । साथै प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बार्षिक प्रतिवेदन पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।