काठमाडौ ।उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने मागदावी सहित परेको रिट निवेदनमा दुई न्यायाधीशबीच राय बाझिएको छ ।
बिहीबार सर्वाेच्च अदालतमा मुद्दाको सुनुवाइ गरेका न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीबीच राय बाझिएको हो । यसरी राय बाझिएपछि उक्त रिट निवेदन यी दुई न्यायाधीश बाहेक अरु ३ न्यायाधीश सम्मिलित पूर्ण इजलासमा पेश गर्नुपर्ने कानूनी ब्यवस्था छ । अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालय विरुद्ध समेत उक्त रिट दायर गरेका थिए ।