विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतकुमार कार्कीले न्यायिक समितिले गरेको न्याय सम्पादनमा राजनीतिक स्वार्थ देखिनु नहुने बताएका छन् ।
न्यायिक समितिको प्रदेशस्तरीय तीनदिने कार्यशालाको आज उद्घाटन गर्दै उनले सो कुरा ब्यक्त गरेका हुन । न्यायिक समितिको नेतृत्वमा बस्नेहरु राजनीतिक दलबाट प्रतिनिध््ित्व गरेका जनप्रतिनिधि भएपनि फैसलामा न्यायिक मन प्रयोग गर्न सुझाव दिए । साथै उनले राजनीतिक गन्ध नआउने किसिमले न्यायिक समितिले ्रन्याय सम्पादन गर्नुपर्ने तर्फ सचेत गराए ।
प्रदेश अनुस्न्धान तथा प्रशिक्षण प्रतिष्ठान झापा तथा स्थानीय शासन सहयोग कार्यक्रमद्धारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रमको उद्घाटन गर्दै मु्ख्यमन्त्री कार्कीले सो विचार ब्यक्त गरेका हुन् ।